११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन अध्यादेश: मन्त्री कार्की



२६ मंसिर ०७९  काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको राजनीतिक प्रणालीसँग असहमत रही हिंसात्मक क्रियाकलापमा संलग्नलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन अध्यादेश ल्याउने लागिएको बताएका छन्।
मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्न सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले हिंसात्मक क्रियाकलापमा संलग्नलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन अध्यादेश ल्याउने लागिएको बताएका हुन्।
उनले विगतका सरकारहरुले पनि यस्तो प्रकृतिका अध्यादेशहरु ल्याएको स्मरण गराउँदै मुलुकलाई योगदान गर्न चाहने सबैलाई सहज वातावरण सिर्जना गर्नका निमित्त अध्यादेश ल्याउने निर्णय गरिएको पनि बताए ।
‘विगतका सरकारले पनि यस किसिमका अध्यादेशहरु जारी गरेको छ। यस किसिमले माफी दिने कुराहरु सहमति गरेको छ,’ सरकारका प्रवक्तासमेत रहेका कार्कीले भने, ‘यो अहिलेको आवश्यकतालाई केन्द्रमा राखेर मुलुकलाई योगदान गर्न चाहने सबैलाई सहज वातावरण सिर्जना गर्नका निमित्त सम्माननीय राष्ट्रपतिमा मन्त्रिपरिषदले सिफारिस गरेको छ ।’
अध्यादेशको पार्टीकै महामन्त्रीहरु र अन्य दलका नेताहरुले विरोध गरिरहेका छन् नि भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले प्रतिप्रश्न गर्दै भने, ‘मुलुकलाई अहिले के चाहिएको छ? मुलुकलाई अहिले शान्ति चाहिएको छ । एकता चाहिएको छ । विकास र समृद्धि चाहिएको छ । त्यसका निमित्त सबैको योगदान रहोस् भन्ने उदेश्यका साथ यो अध्यादेशको सिफारिस गरिएको छ ।’

 

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  ५ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।