२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


विशेष अदालतको फैसलाविरुद्ध पुनरावेदन



२६ मंसिर ०७९  काठमाडौं ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंबाट भएको फैसलाउपर चित्त नबुझेपछि सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएकामध्ये राजस्व चुहावट र सार्वजनिक सम्पत्ति हानिनोक्सानीसम्बन्धी मुद्दाहरुमा आयोगको निर्णयअनुसार २५ मंसिरमा सर्वोच्चमा पुनरावेदन गरेको अख्तियारले जनाएको छ । अख्तियारले सर्वोच्चमा पुनरावेदन गरेका मुद्दा यसप्रकाररका छन् ।

प्रतिवादी भगवान् भट्टराईसमेत (वि.अ. को मु.नं. ०७४ सि.आर. ००५०, वि.अ. को फैसला मिति २०७९/४/९) को राजश्व रकम बैंक दाखिला नगरी भ्रष्टाचार गरेको मुद्दा र लालु गिरीसमेत (वि.अ. को मु.नं. ०७५ सि.आर. ०२३१, वि.अ.को फैसला २०७९/२/२७) को नक्कली बैंक ग्यारेण्टी पेश गरी भ्रष्टाचार गरेको मुद्दाको फैसलाविरुद्ध अख्तियार सर्वोच्च गएको हो ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  ८ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।