५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


काभ्रेको बेथानचोक दुर्घटनाका बस चालक दक्षिण ललितपुरका सन्तोष तिमल्सिना रहेको पृष्टि



२८ मंसिर ०७९, काभ्रे ।काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका ४ चलाल गणेस्थानमा मङ्गलबार साँझ भएको बस दुर्घटनामा दक्षिण ललितपुरको महाँकाल गाँउपालिकाका सन्तोष तिमल्सिना चालक रहेको पुष्टि भएको छ ।प्रहरीका अनुसार ललितपुर महाँकाल गाउँपालिका घर भई हाल पनौती ४ बस्ने बस चालक सन्तोष तिमल्सिनाले काभ्रेको च्याल्टीबाट बस चलाई पनौतीतर्फ आइरहेका थिए ।
मृत्य ुहने अन्य १२ जनाको समेत पुष्टि भएको प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेहरुमा बनेपा नगरपालिका १४ का रामकुमार तामाङ,बनेपा नगरपालिका ११ की निर्मला तामाङ,बनेपा नगरपालिका ११ का योगेश तामाङ,बनेपा नगरपालिका ११ का आकुर तामाङ, बनेपा नगरपालिका ११ का आकुर तामाङकी श्रीमती हेमा तामाङ, बनेपा नगरपालिका ११ का पुष्कर तामाङ, बनेपा नगरपालिका ११ की कोपिला तामाङ, बनेपा नगरपालिका ११की कोपिला तामाङकी ६ वर्षीया छोरी श्रेया तामाङ, मण्डनदेउपुर नगरपालिका १ की जेली तामाङ, ललितपुर महाँकाल गाउँपालिका घर भई हाल पनौती ४ बस्ने बस चालक सन्तोष तिमल्सिना, धुलिखेल नगरपालिका ११ का बु्द्ध तामाङ, बेथानचोक गाउँपालिका ५ की मञ्जु तामाङ,बनेपा नगरपालिका १४ की गीता श्रेष्ठ रहेको पुष्टि भएको छ ।
बा३ख ४३८५ नम्बरको रिजर्भ बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । मृत्यु भएकामध्ये सात जना बनेपाको एउटै वडाका छन् । बनेपा नगरपालिका ११ का कुमार तामाङको नातिको व्रतबन्धमा बेथानचोक गाउँपालिका ५ च्याल्टी पुगेर फर्किंदै गरेको बस दुर्घटनामा परेको हो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार बस अत्यधिक गतिमा गुडेर दुर्घटना भएको हो । बस सडक मोडको भित्तामा ठोक्किएपछि दुर्घटनाग्रस्त भएको थियो । बसमा सवार ३९ यात्रु सवार थिए । घाइतेको धुलिखेल अस्पताल, बनेपास्थित शिर ममोरियल अस्पताल, मध्यपुर ठिमी अस्पताल, वीर अस्पताल, न्यूरो अस्पताल बाँसबारीलगायतमा उपचार भइरहेको काभ्रेकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन् । 

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  ८ : ५५ बजे