१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


पाटन दरबार महानगरका प्रहरीको काम देखाउन फोटो प्रदर्शनी




२ पुस ०७९, ललितपुर । पाटन दरबार क्षेत्रमा शुक्रबारदेखि ललितपुर महानगरमा कार्यरत सरकारी कर्मचारीको काम देखाउन फोटो प्रदर्शनी सुरु भएको छ । ललितपुर महानगरपालिकाको १०४औँ वर्षका अवसर पारेर महानगरपालिकाले आफ्नै कर्मचारीले गरेको काम देखाउन फोटो प्रदर्शनी आयोजना गरेको हो ।
फोटो प्रदर्शनीको उद्घाटन गर्दै मेयर चिरिबाबु महर्जनले प्रदर्शनीमा राखिएका तस्बिरले महानगरको हिजो र आजको अवस्थाका बारेमा बोलेको बताए
महानगरका मेयर चिरिवावु महर्जनले ट्राफिक प्रहरीमा भएको व्यक्ति सिताराम हाछेथुलाई ललितपुर महानगरपालिकामा ल्याएर सही निर्णय गरेको र त्यो निर्णय ज्यादै लाभदायक भएको दावी गरे । तर हाथेछुलाई कार्यपालिकाको बैठकको निर्णय वितरित नियुक्ति दिएको भन्दै महानगरमा विरोध भएको थियो ।
उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले नगर प्रहरीले गरेका कामले समृद्ध महानगर बनाउने अभियानलाई अझ बल मिलेको बताइन् ।
कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याल, २९ वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यको उपस्थिति थियो । नगर प्रहरीको संयोजनमा फोटो प्रदर्शनी आयोजना गरिएको हो । पाटन दरबार परिसरमा शनिबारसम्म चल्ने फोटो प्रदर्शनीमा महानगरभित्र नगरप्रहरीले गरेका कामलाई समेटेर कैद गरिएका तस्बिर राखिएका छन् ।

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ६ : ३२ बजे