२७ माघ २०८२, सोमबार | Tue Feb 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सातै प्रदेश प्रमुखलाई बुझायो निर्वाचन परिणामसहितको प्रतिवेदन



२ पुस ०७९, काठमाडौँ । निर्वाचन आयोगले मङ्सिर ४ गते सम्पन्न प्रदेश सभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन शनिबार एकैसाथ सात वटै प्रदेशका प्रदेश प्रमुखसमक्ष बुझाएको छ।

आयोगका प्रमुख निर्वाचन आयुक्त, आयुक्त, सचिव र सहसचिवसहितको टोलीले सबै प्रदेशका सदरमुकाममा पुगेर प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख समक्ष प्रतिवेदन बुझाएको हो।  आयोगले प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम निर्वाचन परिणामसम्बन्धी प्रतिवेदन बुझाएको हो।

प्रतिवेदन बुझाउन प्रदेश नम्बर १ मा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, गण्डकी प्रदेशमा आयुक्त ईश्वरीप्रसाद पौड्याल, लुम्बिनी प्रदेशमा आयुक्त रामप्रसाद भण्डारी, सुदूरपश्चिम प्रदेशमा आयुक्त डा. जानकीकुमारी तुलाधर, मधेश प्रदेशमा आयुक्त सुगन शमशेर जबरा, बागमती प्रदेशमा सचिव गोकर्णमणि दुवाडी र कर्णाली प्रदेशमा सहसचिव यज्ञप्रसाद भट्टराईको नेतृत्वमा आयोगको टोली पुगेको थियो।

सबै प्रदेश प्रमुखको कार्यालयका पुगेर आयोगको फरफरक टोलीले प्रदेशगत निर्वाचनको विवरण बुझाएको हो। सबै प्रदेश प्रमुखसमक्ष प्रतिवेदन बुझाउने काम सम्पन्न भएको आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जानकारी दिए ।

प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ मा आयोगले प्रदेश सभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणाम सहितको प्रतिवेदन निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र प्रदेश प्रमुखसमक्ष पठाउनुपर्ने व्यवस्था छ।

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ८ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।