५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


‘गोदावरी खोला सफा राख्न सिसिटिभि’




ललितपुर खबर
३ पुस ०७९, ललितपुर । गोदावरी खोला सफा राख्न सिसिटिभि राख्नु पर्ने बहस सुरु भएको छ ।
गोदावरी खोला सरसफाई अभियानको २ सय हप्ता समापनको अवसरका आयोजित कार्यक्रममा प्रदेश सासंद मधुसुदन पौडेलले खोला सफा राख्न निगरानीका लागि स्थानीय सरकारसँग मिलेर सिसिटिभी राख्न सकिने बताए ।
उनले २ सय हप्ता पुरा हुँदा पनि फोहोर फ्याक्ने क्रम नरोकिएकोले सिसिटिभी राखेर कडा निगरानी राख्न सके फोहोर फ्याक्न रोकिने बताए ।
सासंद पौडेलले सार्वजनिक स्थलमा फोहोर फ ्याके कडा कारवाही हुने कानूनी व्यवस्था भए पनि कार्यान्वयन नहुँदा खोलानाला फोहोर बनेको बताए । उनले भने, ‘हामीले ठाँउ ठाँउमा डस्विन राखि दिनु पर्छ । अनि हरेक हप्ता फोहोर टिप्न आउनु पर्दैन ।’
अभियन्ता बेबी राजभण्डारीले फोहोर फ्याक्ने क्रम नरोकिएको बताइन् । उनले भनिन्, ‘फोहोर फ्याक्न कम भएको छ तर फोहोर फ्याक्ने क्रम रोकिएन । सधै अभियान चलाएर पनि साध्य हुँदैन । अव स्थानीय सरकारले विकल्प खोज्नु पर्छ ।’


राजभण्डारीले बैठकमा गोदावरी खोला किनारमा राखिएको २० वडा सचेतना बोर्ड नजिकै डस्वीन राख्नु पर्ने विषय उठेको बताइन् । उनले भनिन्,खोला किनारमा रहेका १४ वटा पुलमा सिसिटिभि राख्न सके निगरानी गरेर जरिवाना लगाउन सकिन्छ । जरिवाना तिराउन सके खोला सधै सफा राख्न सकिन्छ ।
सार्वजनिक स्थानमा फोहोर फ्याके ५ सय रुपैयादेखि १ लाखसम्म जरिवाना तिर्नुपर्ने कानूनी व्यवस्था भए पनि कार्यान्वयन नहुँदा राजधानी फोहोर बनेको छ ।
उनले सरसफाईको प्रारुप परिवर्तन अगरेर विभिन्न समूहसँग सहकार्य गर्दै सचेतना जगाउने तर्फ काम गरिरहेको बताइन् ।
२ सय हप्ता पुरा गरेको अवसरमामा सचेतनाका लागि नारा प्रतियोगिताबाट नयाँ नारा छनौट गरिएको थियो । पुञ्पाजली विद्यालय नारा छनौटको क्रममा प्रथम भया भने एभरेष्ट मावि दोश्रो र किटिनी उच्च मावि तेश्रो भएको छ ।
राजधानीका नदिहरुमध्ये अहिलेसम्म गोदावरी खोलामा मात्रै सफा पानी बग्ने गरेको छ ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ८ : २४ बजे