
३ मंसिर ०७९, धनगढी । कैलालीको अत्तरियामा गोली चलेको छ । अत्तरियाको पुर्व रोडमा दुई राउण्ड गोली चलेको मालाखेती प्रहरी जनाएको छ । गोली लागेर दुई जना घाइते भएको र अस्पताल भर्ना गरिएको प्रहरीले बताएको हो ।
अत्तरियाको पुर्व रोड सुदूरपश्चिम सामुदायिक अस्पताल नजिकै गोली चलेको भएपनि कसले र किन गोलि चलायो भन्ने बारेमा जानकारी भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतिले जनाएको छ ।
घटनाका बारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतिका सुचना अधिकारी प्रहरी निरिक्षक वासुदेव भट्टले बताए । घाइते दुई जनाको अत्तरिया स्थित पदमा अस्पतालमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि धनगढी स्थित माया मेट्रो अस्पतालमा पठाइएको उनले बताए ।
घाइते मध्ये एक जना कैलालीको घोडाघोडी नगरपालिका १ बस्ने २८ बर्षिय बिकास सुनार रहेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरिक्षक वेदप्रकाश जोशीले बताए ।
यस समाचारमा एक जना मृत्यु हुनु पर्नेमा दुई जनाको मृत्यु हुन गएकोमा क्षमा प्रार्थी छौं ।
सम्पादक







प्रतिक्रिया