८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


नवनिर्वाचित सांसदहरूले लिए सपथ(तस्बिरहरु)



७ पुस ०७९, काठमाडौं ।   नवनिर्वाचित प्रतिनिधिसभाका सांसद्हरूले बिहीबार पद तथा गोपनीयताको सपथ लिएका छन् । संघीय संसद् सचिवालयका अनुसार संघीय संसद् भवन नयाँ बानेश्वरमा सांसद्हरूले प्रतिनिधिसभाका जेष्ठ सांसद् पशुपतिशमशेर जबराद्वारा शपथग्रहण गरेका हुन्।

१३ जना सांसदले आफ्नो मातृभाषामा शपथ लिएका थिए । नेपालको संविधानको धारा ८८ बमोजिम संघीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि संघीय कानुनबमोजिम शपथ लिनुपर्ने व्यवस्था छ।

सभामुख चयन हुनुअघि ज्येष्ठ सदस्यले प्रतिनिधिसभा सदस्यलाई शपथग्रहण गराउने व्यवस्था छ। ज्येष्ठ सदस्यलाई राष्ट्रपतिले शपथ ग्रहण गराएपछि अन्य सदस्यलाई शपथ गराउने प्रावधान छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य जबरालाई बुधबार पद तथा गोपनीयताको शपथ गराएकी थिइन्। प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधिसभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने संवैधानिक व्यवस्था छ।

तस्बिरमा हेर्नुहोस्

 

 

प्रकाशित मिति : ७ पुस २०७९, बिहिबार  ३ : १२ बजे