११ पुस ०७९, काठमाडौं । निर्देशन चन्द्र पन्तको चलचित्र ‘ह्रस्व दीर्घ’बाट नायिका विपना थापा पुनस् चलचित्र क्षेत्रमा १६ वर्षपछि फर्कने भएकी छिन् ।
भारतीय नागरिक आशुतोष भारद्वजसँग विवाह गरेपछि उनी चिलचित्र क्षेत्रबाट टाढिएकी थिइन् ।
फिल्ममा चार जनाको मुख्य भूमिका छ। त्यसमध्ये एक पात्रको रुपमा विपना थापालाई देख्न सकिन्छ।
चलचित्रको चरणको छायांकन माघ १५ गतेदेखि भारतमा सुरु हने बताइएको छ । यो चलचित्र त्यपछि नेपालमा छायांकन गर्ने तयारी छ । चलचित्र ‘ह्रस्व दीर्घ’ मा भारतीय कलाकारहरू ब्रह्मानन्दम, सुनिल वर्मा, प्रदीपराज रावत र अली अनुबन्धित भइसकेका छन्।
नेपाली र हिन्दी भाषामा एकसाथ निर्माण हुने यो चलचित्र नेपाल, भारतको बनारस र युरोपका विभिन्न देशमा छायांकन गर्ने कार्यक्रम छ।
११ पुस २०७९, सोमबार
0
Shares
प्रतिक्रिया