४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


चिसो बढ्दै, आजको मौसम यस्तो



१३ पुस ०७९, काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुको प्रभावले प्रदेश नं १ को पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा भई प्रदेश नं १ कै हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । रातको समयमा पनि सोही मौसमी प्रणाली कायम हुने बताइएको छ ।
प्रदेश नं १ को पहाडी भू भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा हुने भएको छ ।
हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका भू–भागमा हुस्सु÷कुहिरो लागेको छ भने बाँकी भू–भागमा मौसम सफा रहेको विभागले जनाएको छ ।
महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम तीन दशमलव आठ डिग्री र अधिकमत तापक्रम १८ दशमलव पाँच डिग्री सेल्सियस छ । त्यस्तै आज सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम माइनस एक दशमलव आठ डिग्री सेल्सियस र सबैभन्दा बढी जनकपुरको अधिकतम तापक्रम ३६ दशमलव चार डिग्री सेल्सियस छ ।

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ८ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।