२८ पुस २०८२, सोमबार | Mon Jan 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


कम्बोडियामा आगलागीका कारण मृत्यु भएका पाण्डेको शव नेपाल ल्याउन प्रधानमन्त्रीको निर्देशन




१६ पुस ०७९, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्बोडियाको एक क्यासिनोमा आगलागीका कारण मृत्यु भएका झापाको विर्तामोड नगरपालिका १ का निराकर पाण्डेको शव नेपाल ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री दाहालले मुख्यसचिव शङ्करदास वैगारीलाई पाण्डेको शव नेपाल ल्याउन शीघ्र सहजीकरणका लागि सम्बन्धित निकायलाई परिचालन गर्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । कम्बोडियाको एक क्यासिनोमा भीषण आगलागी हुँदा पाण्डेसहित १९ जनाको ज्यान गएको थियो ।
प्रधानमन्त्री दाहालले सो घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले निधन भएका पाण्डेका परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  १२ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।