९ पुस २०८२, बुधबार | Thu Dec 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रधानमन्त्री दाहालले गृहमन्त्रीलाई निर्देशन दिदै भने,‘सुशासन र सुरक्षाको प्रत्याभूति दिनुस्’




काठमाडौं
१६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकलाई सुशासन र सुरक्षाको प्रत्याभूत गराउने गरी कार्य अघि बढाउन उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा प्रधानमन्त्री दाहालले उक्त निर्देशन दिएका हुन् । प्रधानमन्त्री दाहाल समक्ष गृहमन्त्री लामिछानेले सुरक्षा व्यवस्था र सुशासन कायम राख्नेबारे सङ्क्षिप्त ‘रिपोर्ट’ पेस गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

 

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  १२ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।