३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सार्वजनिक सेवालाई प्रभावकारी बनाउन गृहमन्त्री रवि लामिछानेको निर्देशन



१८ पुस ०७९, काठमाडौं ।  उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सार्वजनिक सेवालाई प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएका छन् ।
७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई बिहान भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले नागरिकको गुनासो नआउने गरी सार्वजनिक सेवा प्रवाह गर्न निर्देशन दिए ।

सेवा प्रवाहमा टाइमकार्ड लागू गर्न गृहमन्त्रीको सुझाव छ । राष्ट्रिय परिचयपत्र एवम् राहदानी वितरणमा सहजीकरण गरी काठमाडौंै आउन नपर्ने वातावरण सिर्जना गर्न पनि उनले प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिए । १५ दिनभित्र सेवा प्रवाह सुधार कार्यान्वयन योजना पठाउन पनि गृहमन्त्रीले निर्देशन दिनुभएको गृहमन्त्रालयका सहसचिव भीष्मकुमार भूसालले जानकारी दिए ।

गृहमन्त्री लामिछानेले शान्ति सुरक्षाको अवस्था चुस्त दुरुस्त राख्न तथा राजश्व चुहावट नियन्त्रणमा पनि ध्यान दिन निर्देशन दिए । कुनै पनि तस्कर, विचौलिया वा अवैध निकासी पैठारीकर्तालाई कुनै खालको संरक्षण हुन नदिन पनि गृहमन्त्रीले निर्देशन दिए ।
गृहमन्त्रीले मिटरब्याजी र नागरिकताविरुद्धका उजुरी छानबिनलाई तीव्रता दिन तथा जुनसुकै माध्यमबाट दर्ता भएका उजुरीहरुमाथि छानबिन गर्न निर्देशन दिए ।

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  १ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।