९ पुस २०८२, बुधबार | Wed Dec 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कांग्रेसले समसामयिक राजनीतिक परिस्थितिबारे धारणा सार्वजनिक गर्दै



काठमाडौं
२० पुस ।  नेपाली कांग्रेसले समसामयिक राजनीतिक परिस्थितिबारे आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ । त्यसका लागि आज दिउँसो ३ बजे कांग्रेस केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरिएको छ ।

कांग्रेस प्रवक्ता डा. प्रकाशरण महतले गत मंसिर ४ को निर्वाचन र अहिलेको समसामयिक विषयमा धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरेका केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

४ मंसिरमा भएको निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोसपालगायत दलहरू मिलेर चुनाव लडेका थिए । तर, चुनावको परिणामपछि पहिलो दल बने पनि कांग्रेसले नेतृत्व भने गर्न पाएन ।  शक्ति बाँडफाँटमा भागबन्डा नमिल्दा माओवादी केन्द्रले गठबन्धन तोडेर नेकपा एमालेको समर्थनमा सरकारको नेतृत्व गरेको छ ।

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  ११ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।