२९ बैशाख २०८३, मंगलबार | Wed May 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


प्रेमीको जन्मदिनमा पूजा लेख्छिन्, ‘तिमी मेरो सबैभन्दा राम्रो उपहार हौं’



काठमाडौं, २४ पुस । विगत २ वर्षदेखि अभिनेत्री पूजा शर्मा व्यवसायी युद्ध बानियाँको प्रेम सम्बन्धमा छिन् । फिल्म ‘म यस्तो गीत गाउँछु २’ रिलिजपछि प्रेम सम्बन्धलाई खुलाउन थालेकी उनले आइतबार परेको युद्धको जन्मदिनमा सामाजिक सञ्जालमार्फत् आफ्नो मनको भाव व्यक्त गरेकी छन् । उनले इन्स्टाग्राममा युद्धसँगको केही तस्बिर राख्दै आफूले पाएको अहिलेसम्मकै सबैभन्दा राम्रो उपहार भनेकी छन् ।

उनले लेखेकी छन्, ‘तिमी मेरो सबैभन्दा राम्रो उपहार हौं, जुन भगवानले मलाई दिनुभएको छ । म तिमीलाई सधैंभरी माया गर्छु । तिमी मेरो जीवनमा तब आयौं जब म पूरै टुटेको थिएँ । तिमी मेरो मुहारको मुस्कान, मेरो आँखामा हाँसो र मेरो जिन्दगीको खुशीको कारण हौं ।’ उनको यो पोस्टको कमेन्टमा युद्धलाई ‘ज्वाईंसाब’ भन्दै नायिका श्वेता खड्काले जन्मदिनको शुभकामना दिएकी छन् ।

प्रेम सम्बन्ध सार्वजनिक गरेपछि पूजा युद्धलाई लिएर सार्वजनिक कार्यक्रममा पनि पुग्ने गरेकी छन् । तर, उनी युद्धलाई मिडियाबाट भने टाढै राख्छिन् । यसै वर्ष विवाहको योजनामा रहेको यो जोडीले झम्सिखेलमा ठूलो लगानीमा रेस्टुरेन्ट सञ्चालन गर्दैछ, जसको अहिले अन्डर कन्स्ट्रक्सनको काम चलिरहेको छ ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ४ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।