११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरमा समयमै काम नगर्ने ठेकेदार कम्पनीलाई कारबाही



ललितपुर २६ पुस ।  ललितपुर महानगरपालिकाले ठेक्का सम्झौता गरेर समयमै काम नगर्ने ठेकेदार कम्पनीलाई कारबाही सुरु गरेको छ । महानगरपालिकाका अनुसार समयमै काम नगर्ने एक ठेकेदार कम्पनीलाई सम्झौता बमोजिम क्षतिपूर्ति तिराएको छ भने अर्को कम्पनीलाई जरीवाना तिराउने प्रक्रिया सुरु गरिएको छ ।
महानगरमा २२ वटा भित्री सडक निर्माण गर्ने ठेक्का लिएको तर समय मै काम नगरेको भन्दै पीएस सुनकोसी जेभी ललितपुरलाई २३ लाख १३ हजार रुपैयाँ जरीवाना तिराएको हो ।
विभिन्न स्थानका सडक कालोपत्रे गर्ने योजना अन्तर्गत महानगरले २७ जेठ २०७७ मा बोलपत्र आव्हान गरेको थियो । सोही सूचना बमोजिम सुनकोसी जेभीले सडक कालोपत्रे गर्ने ठेक्का पाएको थियो । तर ठेक्का सम्झौता अनुसार काम नगरेपछि सुनकोसी जेभीलाई सार्वजनिक खरिद नियमावली २०६४ (संशोधन सहित) को नियमको आधारमा कारबाही गरेको उनले बताए । उनका अनुसार सुनकोसी जेभीले विभिन्न कारण देखाउँदै पटक–पटक म्याद थप गर्दै आएको थियो ।

बिरुवा कन्सट्रक्सन काठमाडौंलाई समेत ठेक्का सम्झौता भएका सडक आयोजनाहरुको काममा पटक–पटक सम्झौताका प्रावधानहरु उल्लंघन गरेकोले सम्झौता अनुसार कारबाही गर्ने निर्णय भएको महानगरले जनाएको छ । अर्यालका अनुसार २१ पुसदेखि लागु हुनेगरी पूर्वनिर्धारित क्षतिपूर्ति लगाउने निर्णय भएको हो । महानगरले उक्त निर्माण कम्पनीलाई निर्धारित समयमै निर्माण कार्य सम्पन्न गर्ने कबुलियत गराएको छ । कबुलियत अनुसार कार्य सम्पन्न नगरेमा सम्झौता रद्द गरी कालोसूचीमा राख्ने चेतावनी समेत दिएको छ ।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  १० : ४७ बजे