८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


लुम्बिनीमा मुख्यमन्त्री गिरी र दुई मन्त्रीले लिए शपथ



रुपन्देही, २८ पुस । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त लिला गिरीले पद तथा गोपनियताको शपथ लिएका छन् । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई प्रदेश राजधानी दाङको राप्ती उपत्यकामा शपथ खुवाएका हुन् । गिरीलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख शेरचनले बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

मुख्यमन्त्रीसँगै आजै अन्य २ मन्त्रीहरुले समेत शपथ लिएका छन् । नेकपा माओवादी केन्द्रको तर्फबाट बाँकेकी प्रदेशसभा सदस्य कृष्णा केसी नमुना र एमालेको तर्फबा अर्घाखाँचीका प्रदेशसभा सदस्य चेतनारायण आचार्यले शपथ लिएका छन् । उनीहरुले विना विभागीय मन्त्रीको रुपमा शपथ लिएका हुन् ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहिबार  ३ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।