११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


उपत्यकाका सडक छिट्टै निर्माण पुरा गर्ने ठेकेदारहरुको प्रतिबद्धता




काठमाडौं
२८ पुस । उपत्यकाका १५ रुग्ण योजनाका निर्माण व्यवसायीले विभिन्न समयमा सडक निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् ।
उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँगको आजको बैठकमा उनीहरूले आआफ्नो समस्या सुनाउँदै अब सम्पन्न गर्नसक्ने अवधि बताएका हुन् । पन्ध्र आयोजनामध्ये कतिले माघ, कतिले फागुन त कतिले असारसम्ममा सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् ।
सो अन्तरक्रियामा उपप्रधानमन्त्री श्रेष्ठसँगै भौतिक पूर्वाधार सचिव गोपालप्रसाद सिग्देल, सडक विभागका महानिर्देशक अर्जुनजङ थापा र विभिन्न आयोजनाका प्रमुख र सम्बन्धित निर्माण कम्पनीका तर्फबाट प्रतिनिधि सहभागी भएका थिए । निर्माण व्यवसायीले आआफ्नो ठेक्कामा रहेको सजिलो र अप्ठ्यारोका बारेमा जानकारी गराएका थिए ।
यसरी प्रतिबद्धता जनाउने कम्पनीमा तुदी÷प्रेरा जेभी बागडोल ललितपुर, दिवा÷शैलुङ जेभी, शैलुङ कन्स्ट्रक्सन कम्पनी प्रालि, आशिष सिएम जयबाबा जेभी, महालक्ष्मी÷वल्र्डवाइड भण्डार धोदुङ जेभी, सुनकोशी÷प्रजिल जेभी, महर्जन निर्माण सेवा र ड्रागन–महर्जन जेभी रहेका छन् । समय सीमाभित्र सम्पन्न नभएका तर स्थानीय तहले सम्पन्न गरिसकेका आयोजना फरफरक गर्न दुवै पक्षबीच सहमति भएको छ ।

उपप्रधानमन्त्री श्रेष्ठले निर्माण व्यवसायी र कर्मचारीका सम्बन्धमा भएका खराब धारणा बदल्न लाग्नुपर्ने बताए । राजनीतिज्ञ, कर्मचारी व्यवसायी सबै मिले राष्ट्र निर्माणमा लाग्नुपर्नेमा उनको जोड थियो ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहिबार  ११ : १३ बजे