६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


बज्रवाराहीको ऐतिहासिक कुवा जिर्ण अवस्थामा




ललितपुर खबर
३० पुस । ललितपुर बज्रवाराही मन्दिर परिसरमा रहेको ऐतिहाँसिक कुवाको अवस्था जीर्ण रहेको पाइएको छ ।
करिव ४० वर्षभन्दा धेरै समयदेखि प्रयोगमा नआएको यो ऐतिहासिक कुवा झार बुट्यान र पत्करले ढाकिएको अवस्थामा फेला परेको छ ।
यो कुवा बज्रवाराही मन्दिरमा जल चढाउन प्रयोग गरिने मन्दिरका पुजारी बासुदेव कर्माचार्य बताउँछन् । उनी भन्छिन्, ‘बज्रवाराही मन्दिरमा नित्य पुजाका लागि यो कुवाको पानी लगेर चढाउने प्रचलन छ । मेरा बुवा वावुलाल कर्माचार्यले पुजारी रहँदा यहीको जल ल्याएर चढाउथे ।’
पछिल्लो समय बज्रवाराही मन्दिर परिसरमा निर्माण गरिएको शौचालयको रसायन यो कुवासम्म पुग्ने भएकाले यो जल अशुद्ध भएको उनी बताउछन् । भन्छन्, माथि शौचालय छ । तलको जल ल्याएर अव कसरी बज्रवाराही मन्दिरमा चढाउनु ?


शुक्रबार मन्दिर परिसरमा सत्पाह महायज्ञको पण्डाललगायत सरसामान व्यवस्थित गर्ने क्रममा कुवा सरसफाई गरिएको छ । कुवा सरसफाईमा सहभागी दिपेन्द्र देशार ऐतिहासिक सम्पदा जगेर्ना गर्न नसक्नु दुखद रहेको बताए ।
स्थानीय निकाय पुर्नगठन गरिएपछि पनि नगरपालिकाले यहाँका सम्पदा जर्गेनामा ध्यान नदिएको भन्दै सथानीय सम्पदाप्रेमीहरु ग्ुनासो गर्दै आएका छन् ।
४० बर्षभन्दा धेरै समयअघिदेखि बज्रवाराही मन्दिरमा नित्य पुजा हुन टछोडेपछि यो कुवा अलपत्र गरेको हो । बर्षै अघिसम्म पानी स्थानीयहरुले कुवाको पानी प्रयोग गर्ने तर पछिल्ला बर्षहरुमा घर घरमा धारा लगेसँगै कुवाको वेवास्था हुन थालेको हो ।
मन्दिरका पुजारीलगायत स्थानीयहरु बज्रवाराही मन्दिरमा सप्ताहमहायज्ञ सुरु गरि संकलन भएको भेटिबाट अक्षयकोष निर्माण गर्ने र नित्य पुजा सञ्चालन गर्ने भएका छन् ।
गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले अक्षयकोषका लागि पैसा अपुग भए नगरपालिकाले पैसा दिने तर नित्य पुजा नियमित हुनु पर्ने बताएका छन् ।

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  ८ : ०७ बजे