२८ पुस २०८२, सोमबार | Mon Jan 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


पत्रकार कट्टेलमाथि हातपात : महासङ्घको भर्त्सना




काठमाडौं
१ माघ । नेपाल पत्रकार महासङ्घले पत्रकार कृष्ण कट्टेलमाथि समाचार सङ्कलनका क्रममा भएको हातपातको घटनाप्रति भर्त्सना गरेको छ ।
हरेक न्यूज डटकम अनलाइनमा कार्यरत पत्रकार कट्टेलमाथि समाचार सङ्कलनका क्रममा हातपात भएको भन्दै महासङ्घले घटनामा संलग्नको पहिचान गरी तत्काल कानुनी दायरामा ल्याएर पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग माग गरेको हो ।
पुस २९ गते दिउँसो नयाँबानेश्वर चोकमा काठमाडौँ महानगरपालिकाले अनधिकृत संरचना हटाउँदै गरेको समाचार सङ्कलनका लागि पुगेका पत्रकार कट्टेलसहितका छ सञ्चारकर्मीमाथि व्यापारीले दुव्र्यवहार गरेको र सो क्रममा एक मोबाइल पसल सञ्चालकले पत्रकार कट्टेललाई कुटपिट गरेको पीडित पत्रकारले महासङ्घलाई जानकारी गराएका थिए ।
“स्वतन्त्ररूपमा सञ्चारकर्ममा जुटेका पत्रकारमाथि भएको हातपात प्रेस स्वतन्त्रताविरोधी काम हो, महासङ्घ प्रेस स्वतन्त्रताविरोधी यो घटनाको कडा शब्दमा भत्र्सना गर्दै घटनामा संलग्नको पहिचान गरी तत्काल कानुनी दायरामा ल्याएर कारबाही गर्न जोडदार माग गर्दछ”, महासङ्घद्धारा आज जारी विज्ञप्तिमा भनिएको छ ।

 

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  ५ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।