६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


देविचौरको सप्ताहमा झण्डै २ करोडको सहयोग




ललितपुर खबर
१ माघ । दक्षिण ललितपुरको देवि माध्यामिक विद्यालयमा आयोजित सप्ताह महायज्ञबाट २ करोड बराबरको नगद र जिन्सी सहयोग उठ्ने भएको छ ।
देविचौरको देवि माध्यामिक विद्यालयमा गतपुस २२ गतेबाट ३० गतेसम्म आयोजना गरिएको सप्ताह महायज्ञमा लगभग ३३ लाख नगद उठेको अर्थिक समितीका सचिव श्यामराज बजगाईले बताए । समितीका सचिव बजगाईंका अनुसार स्थानीय प्रेमसाद घिमिरे दम्पतीले १ रोपनी जग्गा र विद्यालयसँगै जोडिएको समिर थिङ परिवारले चार आना जग्गा दान गरेको बताए । उनले भने, ‘हामीले लगभग ६५ लाख रुपैयाँ मूल्य बराबरको जग्गा विद्यालयले प्राप्त गरेको छ ।’ महायज्ञमा ३५ लाख बराबर सहयोग गर्ने प्रतिबद्धता दिएको बताए । उनले भने थप ५ लाख जिन्सी सहयोग गर्ने प्रतिबद्धता समेत पाखएको बताए ।
उनका अनुसार महायज्ञमा सहभागी भएर गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले ३० लाख बजेट विनियोजन गर्ने बचन दिउका छन् । जिल्ला समन्वय समितीका अध्यक्ष ऋषिराम फुँयालले ५० लाख, गोदावरी नगरपालिका ७ वडाबाट १० लाख विद्यालयलाई दिने घोषणा गरेका छन् ।
कक्षा ९ देखि १२ सम्म कृषि शिक्षा अन्र्तगत वाली विज्ञान पठन पाठनका सप्ताह महायज्ञ सुरु गरिएको थियो । विद्यालय साँधुरो रहेकाले जग्गा किन्न बजेट जुटाउने सप्ताह महायज्ञको योजना थियो ।
कृषि शिक्षा सञ्चालनका लागि आयोजना गरिएको सप्ताह महायज्ञ सफल भएको आयोजक समिटीका अध्यक्ष गिरीप्रसाद तिमल्सिनाले बताए । उनले भने, ‘अव हामी कृषि शिक्षा सुरु गरेरै छोड्ने छौं ।’ उनले विद्यालयको प्रगतिका लागि आफू दिनरात नभनी काम गरेर सप्ताह महायज्ञ सफल बनाएको बताए ।
सचिव बजगाईले केही दिनमा सबै उठेको रकम र खर्च सार्वजनिक गरिने बताए । सल्हाकार समितीका अध्यक्ष लक्ष्मण प्रसाद बजगाईले कृषि शिक्षा सञ्चालनका लागि आफूले बजेट जुटाउन सहयोग गर्ने बताए । उनले भने, ‘देविचौरमा कृषि शिक्षा सञ्चालन गर्न सके यहाँका स्थानीय आत्मनिर्भर मात्रै हुँदैनन् । यो ठाँउ दक्षिण ललितपुरको कृषि शिक्षाको हव बन्न सक्छ ।’
सप्ताह महायज्ञ वाल तपस्वी उत्तम भट्टले भागवत बाचन गरेका थिए ।
२०३४ साल मंसिर १५ गते स्थापना भएको यस विद्यालयमा हाल १२ सम्म सञ्चालित छ ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  १० : २४ बजे