१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


‘आमाबुवा सबैभन्दा ठुला देवता’




ललितपुर
२ माघ । आमाबुवा सबै भन्दा ठुला देवता भएकाले सम्मान गर्न नयाँ पुस्तालाई बरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठले आग्रह गरेका छन् ।
कलाकार श्रेष्ठले आमाबुबाको हेर विचार र स्याहार गर्ने कार्यले नै सबै भन्दा ठूलो पुन्य प्राप्त हुने बताउदै युवा पुस्तालाई व्यक्तिवादी स्वार्थबाट माथि उठ्न आग्रह गरेका छन्
ललितपुरको लामाटारमा आज जेष्ठ नागरिकलाई कम्वल िवतरण गरेर सम्मान गर्दै श्रेष्ठले पछिल्लो समय जेष्ठ नागरिकहरु अपहेलित हुनु परेको बताए । ्
लामाटार कृषि वहुउद्देशीय सहकारी संस्थाले आज लामाटारको राममन्दिर परिसरमा श्रेष्ठको प्रमुख अतिथ्यमा बिषेश कार्यक्रमको आयोजना गरेर २ सय भन्दा बढि जेष्ठ नागरिकलाई जाडोमा न्यानो हुने कम्वल वितरण गरे ।
संस्थाका अध्यक्ष देवेन्द्र पौडेलले राममन्दिर परिसरमा न्यानो हुने कम्वल प्रदान गरि जेष्ठ नागरिकको सम्मान गरेर आफुहरुले नयाँ पुस्तालाई शिक्षा दिन खोजेको र सहकारी क्षेत्र प्रति नै भैरहेको अविस्वासको अन्त्य गर्न खोजेको बताए । ्
संस्थाका संचालक उपाध्यक्ष पुष्करराज प्याकुरेलले किसानहरुको हक हितका लागि काम गर्दै आएको संस्थाले समाजमा राम्रो सन्देश दिने यस्ता कार्य गर्दै जाने प्रतिवद्धता व्यक्त खगरे ।

 

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  १० : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।