
काठमाडौं, ३ माघ । पोखरामा आइतबार यती एयरको विमान दुर्घटनामा ज्यान गुमाएका ४६ जनाको शव काठमाडौं ल्याइएको छ ।
पोखरामा पोस्टमार्टम हुन नसकेपछि ४६ जनाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएको हो ।
२४ जनाको भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान गण्डकी शिक्षण अस्पतालमा पोस्टमार्टम गरिँदै छ । जसमध्येका केहीको शव पोस्टमार्टम गरेर आफन्तलाई हस्तान्तरण गरिएको अस्पतालले जनाएको छ ।
कतिपय शव पहिचान गर्न नै नसकिने खालका भएकाले ती शवको डीएनएसमेत परीक्षण गर्नु पर्ने भएकाले ती शव काठमाडौं ल्याइएको हो ।
७२ जना सवार यति एयरको विमान आइतबार पोखरामा दुर्घटना भएको थियो । जसमध्ये ७० जनाको शव भेटिएको हो भने २ जना अझै वेपत्ता छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया