३ पुस २०८२, बिहिबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


कपिलवस्तुमा बस पल्टियो, साइकलयात्रीको मृत्यु, आठ जना घाइते



कपिलवस्तु
७ माघ । कपिलवस्तुमा बस पल्टिँदा एक जनाको मृत्यु भएको छ । शुद्धोधन गाउँपालिका ६ टिटिहिरियामा बस पल्टिँदा शुद्धोधन ३ गुलरी बस्ने वर्ष ३० का विन्दकुमार कहारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आज लु १ ख ४२२६ नं को बसले ट्याक्टरलाई ठक्कर दिँदा अनियन्त्रित भई साइकलयात्री कहारलाई ठक्कर दिएको हो । लु ४ त ५४११ नं को ट्याक्टरले ठक्कर दिँदा साइकलयात्रुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतले जानकारी दिएका छन् । बसमा सवार छ जना र ट्याक्टरमा सवार दुई जना घाइते भएका छन् । बस र ट्याक्टर चालक फरार रहको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  २ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।