२३ बैशाख २०८१, आइतबार | Mon May 6 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


ललितपुरका खोला नालामा फोहोर बढेको भन्दै सासंद महर्जन चिन्तित



फोहोर टिप्दै सासंद महर्जन ।

गोदावरी
७ माघ । ललितपुर २ का सासंद प्रेम महर्जनले ललितपुरका गोदावरीलगायत खोलाहरु निरन्तर फोहोर बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
शनिबार महालक्ष्मी नगरको सानागाँउ र शंखादेविमा भएको दुई सय ५औं सरसफाई कार्यक्रममा उनले पछिल्लो समय फोहोर फ्याक्ने क्रम ७० प्रतिशत कम भए पनि नरोकिदा फोहोर कायम रहेको बताए । उनले शहरी विकास मन्त्रालय,वातावरण मन्त्रलय र स्थानीय निकायबीच सहकार्य गर्न समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे ।
शनिबार महालक्ष्मी नगर ६ सानागाउ र नगरको वडा नं.८ लुभु शंखदेवी जोडने गोदावरी खोला पुलसम्म गरिएको थियो ।
गएको दुई सय ५ हप्ताअघि अभियानको रुपमा सुरु भएको सरसफाई अभियान पछिल्लो समय प्रभावकारी बन्दै गएको अभियन्ता बेबी राजभण्डारीले बताइन् । उनले दावी गरिन्,‘पछिल्लो समय नदि आसपासका बासिन्दामा फोहोर गर्नु हुँदैन छाप परेको छ । तर यहाँ कोठामा बस्ने बासिन्दालाई बुझाउन कठिन छ ।’

कार्यक्रममा संयोजक बेबि राजभण्डारी, महालक्ष्मी नगरकी उपमेयर लक्स्मी महर्ज, वडा ६ का अध्यक्ष धर्म महर्ज , सदस्य शोभा महर्जन, प्रहरी प्रभाग लुभुका प्रमुख प्र ना नि सुरेन्द्र बहादुर टेरको नेतृत्व प्रहरीहरु, राट्रिय सहकारी बैंकका अध्यक्ष रामहरि बजगाई, अभियन्ताहरु गोपि कार्की, बुद्ध महर्जन, द्रोपदी श्रेष्ठलगायत स्थानीयहरुको सहभागिता रह्यो । महालक्ष्मी गरकी उपमेयर मक्ष्मी महर्जनले अभियानमा एक्यवद्धता जनाउदै अभियानसंग सहकार्य गरि वडा स्तरीय समुदाय केन्द्रित सचेतना कार्यक्रम गर्ने आश्वासन दिइन् ।
सरसफाईमा सहभागीहरुले पुल वरपर बस्ने स्थानीयसँग सोधपुछका क्रममा शिक्षित नागरिक नै मोटर साइकल र गाडीबाट नै फोहोर ल्याएर खोलाको पुलमा फ्याकेर हिड्ने गरेको बताएका थिए ।
अभियन्ता राजभण्डारीले ढल रहित स्वच्छ खाने पानीको श्रोत जीवन्त गोदावरी खोला नै उद्देश्य रहेको बताउदै भाबी पुस्तालाई आफूहरुले खेलेको नुहाएको,सिम साग टिपेको , भ्यागुताको चक्र हेरेको र धार्मिक सस्कार गरेको खोला हस्तान्तरण लक्ष्य रहेको बताइन्

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  ३ : ०७ बजे