११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


राजधानीको मौसम बदली



चापागाँउबाट देखिएको गणेश हिमाल । तस्विर : ललितपुर खबर

काठमाडौं
१२ माघ । आज काठमाडौं उपत्यका र वरपरको मौसम बदली भएको छ । आज विहानै देखि यहाँको आकाशमा बाक्लो बादल देखिएको छ ।
पश्चिमी निम्न चापीय प्रणालीको आंशिक प्रभावका कारण गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो र राति प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदलीका साथै गण्डकी प्रदेशमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शुक्रबार र शनिबार पनि प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

 

 

 

प्रकाशित मिति : १२ माघ २०७९, बिहिबार  ८ : १९ बजे