
काठमाडौं
१५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेका छन् ।
नेपालबाट केही बर्षअघि अमेरिका गएर बसेका नेता लामिछानेले त्यहाको नागरिकता(ग्रन कार्ड) लिएका लिए । नेपाल फर्कनका लागि अमेरिकी नागरिकता(ग्रीनकार्ड) त्यागेपछि नेपाली नागरिकताको पुनःप्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको भन्दै सर्वोच्च अदालतले गतशुक्रबार रवि लामिछानेको सांसद र मन्त्री पद खारेज गरेपछि नागरिता बनाउन प्रशासन पुगेका हुन् ।
उनी प्रशासन कार्यालय पुग्ने खबरपछि त्यहाँ सञ्चारकर्मी, पत्रकार र समर्थकको भीड लागेको छ ।
अदालतको निर्णयसँगै उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पद पनि गुमाएका थिए ।







प्रतिक्रिया