२७ पुस २०८२, आइतबार | Sun Jan 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


निर्वाचनमा पराजित भएपछि निराश छन् रविन्द्र




काठमाडौं
१६ माघ । झिनो मतले काठमाडौं ५ बाट प्रनिनिधि सभाका सासंद रविन्द्र मिश्र पराजित भएपछि आजकल निराश छन् ।
नयाँ शक्तिको रुपमा साझा पार्टी दर्ता गरेर राजनीतिमा होमिएका पत्रकार मिश्रले विविसीजस्तो संसारै प्रतिष्ठित जागिर गुमाए ।
उनले विवेकशील पार्टीसँग एकता गरेर सुझबुझपूर्ण राजनीति पनि गरे । तर निर्वाचनताका भुतले खाजा खाने समय पारेर पार्टी परित्याग गरे । र राप्रपामा प्रवेश गरे । परिणाम उनको विपक्षमा आयो । उनले निर्वाचन हारे ।
उनकै पदचाप पछ्याएका अर्का पत्रकार रवि लामिछानेले स्वतन्त्र पार्टी गठनसँगै राजनीतिमा छलाङ मार्दै देशको चौथो शक्तिको उपमा उदय हुँदा रविन्द्र मिश्र भने दिमाग घुमाएर बसेका छन् ।
पछिल्लो समय नेता मिश्र दिमाग घुमाएर बसेका छन् । उनले भर्खरै सामाजिक सञ्जालमा आफू नेपाली राजनीतिका लागि योग्य पात्र नै होइन कि भन्ने अनुभूति गरिरहेको लेखेका छन् ।
‘दुई पटक मेरो क्षेत्रका मतदाताले झिनो मतको अन्तरले मलाई हराएर ठिकै पो गरेछन् कि जस्तो पनि लाग्छ’ उनी लेख्छन्,‘तर फेरी ’गरेरै छोड्ने हो, परिवर्तन हेरेरै मर्ने हो’ भन्ने चट्टानी दृढताको अगाडि त्यो क्षणिक निराशा के टिक्न सक्थ्यो र?
उनी यो देश नबदलिएसम्म त आफूmाई कालले पनि नलैजाने सामाजिक सञ्जालमा लेखेर दावी गर्छन् ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  १० : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।