२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


यसरी मनाइयो शहीद दिवस(तस्बिरहरु)



काठमाडौं, १६ माघ। प्रजातन्त्र स्थापना, पुनर्स्थापना र विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिनेहरूको सम्झनामा आज शहीद दिवस मनाइएको छ।
शहीद दिवस हरेक वर्ष मनाइने भए पनि शहीदहरूका सपना पूरा गर्नेतर्फ ध्यान नपुगेका गुनासासमेत सुनिने गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शहीदको सपना पूरा गर्न सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताए।

चुनौतीपूर्ण परिस्थितिमा गठन भएको नयाँ सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा अघि बढ्न दृढ सङ्कल्पित उल्लेख गर्दै उनले शहीदका सपना पूरा गर्न आह्वान गरेका हुन्।

उनले जीवनपर्यन्त आफ्नो सम्पूर्ण तागत देश र जनताको हितका खातिर समर्पित गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्। माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने घोषणा गरी देशभर विविध कार्यक्रम हुँदै आएको छ। विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीदको सम्झनामा दिवस मनाउन थालिएको हो।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  १० : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।