२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


ललितपुर महानगरको फुटपाथमा विरुवा उल्खेदै गरेको प्रमाण फेला




ललितपुर
१७ माघ । ललितपुर महानगरपालिकाको सडकमा फुटपाथसँगै रोपिएको विरुवा उखेल्दै गरेको प्रमाण फेला परेको छ ।
महानगरले सोमवार एक सुचना जारी गरी केही दिन यता महानगरको फुटपाथसँगै रहेको विरुवा उखालेको, काटिएको जनाकारी प्राप्त भएको बताएको छ । महानगरले सूचना जारी गर्दै सडक किनारामा फुटपाथमा रोपिएको विरुवा कष्ट गरे कारवाही गर्ने चेतावनी दिएको छ । जारी सूचनामा भनिएको छ, ‘महानगरपालिकालाई हरियालीसहितको सहर बनाउने अभियान विरुद्ध सडक किनारमा रोपिएका (फुटपाथसँगै) विरुवा उखालिएको, काटिएको प्रमाणसहितको जानकारी प्राप्त भएको छ । फेरि पनि यस्तो गलत कार्य कहिकतै र कसैबाट भएको सुचना प्राप्त भए ललितपुर महानगरपालिकाले त्यस्ता व्यक्ति र संस्थालाई कानुन बमोजिम कडा कारवाही गर्ने व्यवहोरा जानकारी गराईन्छ ।’

ललितपुर महानगरले नगरलाई हरियाली सहितको ‘स्मार्ट सिटी’ बनाउन सहरको विभिन्न स्थानमा बृक्षारोपण गरेको महानगरको भनाई छ ।
तर महानगरले विरुवा नष्ट गर्नेलाई कस्तो कारवाही हुने भन्ने बारे उल्येख गरिएको छैन ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  ८ : ५४ बजे