१ पुस २०८२, मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


संसद बैठक बस्दै : नेता रविबारे प्रस्ताव पेश हुने




काठमाडौं
१८ माघ । आज बुधबार प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको बैठकमा संविधानको धारा ८९ को खण्ड (ख) बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेलाई सर्वोच्च अदालतको निर्णयसँगै ससंद पद रिक्त रहेको जानकारी दिइने भएको छ ।
आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त गृहमन्त्रीको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाललाई तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘राष्ट्रिय मानव अधिकार आयोगको २२ औं वार्षिक प्रतिवेदन (आव २०७८÷०७९) पेस गर्ने सम्भावित कार्यसूची छ ।
सभामुखले सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज गरिदिएपछि त्यो पद रिक्त भएको संसदलाई जानकारी भएका हुन् ।
अदातलको पूर्णपाठ नआएकाले उनको स्थानमा उपनिर्वाचन गर्नेबारे छिट्टै निर्णय हुने सम्भावना थोरै छ ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  ९ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।