२० बैशाख २०८१, बिहिबार | Fri May 3 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


‘चापागाँउ रुटको बसमा सहचालकले गर्छन् यात्रुको बेइज्जत’



चापागाँउ रुटमा चल्ने एक बस । लेन्स : ललितपुर खबर

ललितपुर खबर, चापागाँउ
२० माघ  । लगनखेल चापागाँउ रुटको बसमा यात्रा गर्ने यात्रुसँग बसका सहचालक(खलासी)ले  बेइज्जत गर्ने गरेको यात्रुले गुनासो गरेका छन् ।
झरुवाराशीकी सिता दाहाल माइक्रोबसमा चढ्दा सहचालक(खलासी)ले सधै तुक्ष बचन बोल्ने गरेको गुनासो गर्छिन् । माइक्रो बसमा धेरै यात्रु नहाल्न आफूलाई यात्रा गर्न अप्ठ्रो भएको गुनासो गर्दा आफ्नै कार लिएर जानुस् भन्ने गरेको बताउछिन् । उनी भन्छिन्, ‘फेरि बोलेको खण्डमा बसबाट झरेर अर्कोमा जान बाध्य बनाउछन् । त्यसैले हामी जवाफ नै फर्काउदैनौं ।’
चापागाँउ रुट उपत्यकाकै बदनाम रुटको रुपमा परिचित छ । यहाँ जतिको सास्ती यात्रुले कही पाउदैनन् । उनी मात्रै होइन यो रुटमा सहचालकको तिखो बचन सुन्ने धेरै छन् ।

प्याङ्गगाँउ बसपार्क र प्याङ्गगाँउ खलो(पछााडि) । तस्विर : ललितपुर खबर

चापागाँउ टाहाखेलमा रहेको बस स्टपबाट बस छुटेपछि प्याङगाँउमा १० र चापागाँउमा १० मिनेटमा रोकिन्छ । त्यहाँबाट बस छुटेपछि ठेचोसम्म धिमा गतिमा बस गुड्ने गरेको छ । टाहाखेल बसपार्कबाट बस छुटेको १ घण्टा १५ मिनेटमा लगनखेल बसपार्कमा बस पुग्ने यात्रुहरु बताउछन् । जवकी बनेपाबाट १ घण्टामा रत्नपार्कमा बस आइपुग्छ ।
उता लगनखेलबा छुटेको बस पनि सातदोवाटोस्थित चापागाँउ दोबाटोमा १० मिनेट रोकिन्छ । यात्रु ओराल्दै टाहाखेल आउँदा उत्तिकै समय लाग्ने यात्रुको गुनासो छ । बस चालकको पनि उस्तै गुनासो
यस रुटमा बस चलाउदा आफुलाई नाफा नभएको चालकहरु बताउँछन् । पछिल्लो समय डिजेलको भाउ बढे पनि सरकारले उचित भाडा समायोजना नगरेको कारण बस चलाएर फाइदा हुन छोडेको उनीहरुको गुनासो छ ।
एक चालक नाम नबताउने शर्तमा भन्छन्, ‘पछिल्लो समय ट्राफिक प्रहरीले पाँच सय लिने जरिवाना बढाएर १ हजार ५ सय बनाएपछि बस धनीलाई दिने पैसा हुँदैन । खल्तीको पैसा दिनुपर्छ ।’
उता दिउँभर यात्रु नपाएर खाली गुडाउनु पर्ने बाध्यता रहेको चालकहरु गुनासो गर्छन् । त्यही भीड उठाएर डिजेल हाल्ने, गाडी मालिकलाई पैसा दिन पुगेको उनीहरु बताउछन् । लगनेश्वर यातयातका अध्यक्ष निररत्न नेवा अफिस समयमा ५ मिनेटमा बस छुटाउने व्यवस्था गरेकोले बसमा भीड नहुने दावी गर्छन् । उनी भन्छन्, जाम भए चाही यात्रुको चाप बढ्छ । नत्र ठिकै हुन्छ ।

हरेक दिन साँझ विहान चापागाउ रुट चल्ने सार्वजनिक बसमा खुट्टा राख्ने ठाँउ हुँदैन । यात्रु ढोकामा झुण्डिएर यात्रा गर्नु पर्ने बाध्यता छ । यो अवस्था अहिलेको होइन । बर्षैंदेखि जारी छ ।
ललितपुरको लेलेबाट लगनखेल नियमित यात्रा गर्ने रमेस सञ्जेल ट्राफिक प्रहरीले सार्वजनिक यातयातलाई नियमन नगरेकोले यो समस्या आएको बताउछन् । उनी भन्छन्, ‘मोटरसाइकललगायत नीजि सवारीले गल्ती गर्नासाथ जरिवाना तिराउने ट्राफिक सार्वजनिक यातयातमा झुण्डिएर यात्रा गरेको देख्दैन ।’ ठेचोका रविन्द्र महर्जन ट्राफिकले गल्ती देख्नासाथ कारवाही गरे यो अवस्था अन्त्य हुने बताउछन् ।
यो रुटमा चलिरहेको संस्थागत सिण्डिकेटका कारण यात्रुले दुःख पाइरहेको यात्रुहरुले आरोप लगाउने गरेका छन् । लगनेश्वर यातयात प्रालिले यो रुटमा बस गुडाउने कामको व्यवस्थापन गरेको छ । तर कहिले पनि व्यवस्थित भएको पाइदैन ।


यस रुटमा चल्ने बसमा मात्रै होइन लगनखेल बज्रवाराही झरुवाराशी रुट, लगनखेल लेले रुट र लगनखेल धापाखेल रुटको बसहरुमा समस्या छ । लगनखेल ठेचो चल्ने टेम्पोमा समेत यात्रु झुण्डिएर यात्रा गर्छन् ।
चापागाँउ रुटमा चल्ने एक चालक बस चालकहरुको मनोमानीका कारण यो रुटमा समस्या आएको बताउछन् । साँझ ४ बजे नै बस चालक बस ग्यारेजमा लैजाने गरेकाले साँझ बस नहुँदा सास्ती हुने बताउँछन् । भन्छन्, वसले धेरै पैसा पाए रिर्जभ जान्छन् । बस नहुँदा यात्रुलाई सास्ती हुने नै भयो ।


राती लेले जाने बस ७ बजे नै नपाउदा धेरै यात्रु दुःख पाउने गरेका छन् । चापागाँउ रुटको बस राती ८ बजेसम्म चल्छ । तर कहिलेकाँही ७ बजे नै छुटिसक्छ । अरु रुटमा बस साडे ८ बजेसम्म सझिलै पाइन्छ तर यो रुटमा भने यात्रुलाई सधै सास्ती छ ।

 

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ७ : १५ बजे