१९ माघ २०८२, आइतबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


घनश्याम भुसालले चलाएको गाडी दुर्घटना



काठमाडौं, २० माघ । नेकपा (एकीकृत समाजवादी) का नेता तथा पूर्वमन्त्री घनश्याम भुसाल सडक दुर्घटनामा परेका छन्।
शुक्रबार दिउँसो भुसालले चलाएको गाडी बानेश्वरस्थित डिभाइडरमा ठोक्किएको हो। गाडी ठोक्किएपछि उहाँ केहीबेर बेहोस भएका थिए तर अहिले अस्पतालमा उपचार भइरहेको छ, अवस्था सामान्य रहेको उनले बताएका छन् ।

भुसाललाई बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना गरिएको छ।

प्रहरीका अनुसार बिहान सवा १२ बजेतिर भुसालले चलाएको बा १६ च १३८४ नम्बरको गाडी अनियन्त्रित भएर डिभाइडरमा ठोक्किएको हो।

गाडीको अगाडिको भागमा सामान्य क्षति भएको छ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ३ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।