२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


चितवन–२ मा आफूलाई विजयी घोषणा गर्न माग गर्दै उमेश श्रेष्ठको निवेदन



काठमाडौं , २२ माघ । नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले चितवन निर्वाचन क्षेत्र नम्बर २ मा आफूलाई स्वतः विजयी घोषणा गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् । आइतवार आयोगमा पुगेर नेता श्रेष्ठले निवेदन दिएका हुन् ।
चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका उनी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भारी मतान्तरले पराजित भएका थिए । सभापति लामिछानेको नागरिकता विवादका कारण सांसद पद गएपछि नेता श्रेष्ठ चुनावमा दोस्रो भएकाले आफू स्वतः विजेता घोषणा हुनुपर्ने मागसहित निर्वाचन आयोग पुगेका हुन् ।

नेता श्रेष्ठले निवेदन दिइसकेपछि सञ्चारकर्मीसँग बोल्दै निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले कानुनले पद रिक्त रहेको अवस्थामा उपचुनावबाट नै पदपूर्ति गर्ने व्यवस्था गरेको बताए ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  ३ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।