११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


बत्तिसपुतलीमा भोज खाएर निस्केका एक पुरुषको रातोपुलमा हत्या



काठमाडौं, २५ माघ । रातोपुलमा एक पुरुषको हत्या भएको छ । बत्तिसपुतलीमा भोज खाएर निस्केका पुरुषको हत्या भएको हो । मंगलबार साँझ करिब ९ बजेर ३० मिनेटमा घर जान भनेर निस्केका ध्रुव खड्कालाई अपरिचित युवकले ‘घर लगिदिन्छु’ भनेर रातोपुलमा लगेर हत्या गरेका हुन् ।

पर्सा घर भएर कपन बस्ने करिब ५५ वर्षका खड्का ‘पार्टी’बाट मूल सडकमा निस्केका थिए । मापसे गरेका उनलाई ‘घर लगिदिन्छु’ भनेर अपरिचित युवकले ट्याक्सिमा चढाए । प्रहरीको अनुसन्धानबाट ती युवक चितवन घर भएर कपन बस्ने राम थापा रहेको थाहा भएको छ ।

रातोपुल नजिक पुगेपछि खड्कालाई ट्याक्सिबाट उतारेर थापाले ट्याक्सिलाई फिर्ता पठाइदिए । ट्याक्सिबाट उतारेर कुटेर बीभत्स तरिकाले उनको हत्या गरेको प्रहरीले जनाएको छ ।
मूल सडकबाट केही मिटर भित्र गल्लीमा लगेर पहिले भित्तामा अनुहार ठोक्काएको र त्यसपछि छातीमा लात्तिला हिर्काएर हत्या गरेको अनुसन्धानबाट थाहा भएको छ ।

राम थापा रातभर ठमेल र दरबारमार्ग क्षेत्रमा गाँजा बेच्छन् । लागुऔषध दुर्व्यसनीको लतमा परेका थापा साइकलमा गाँजा बेच्दै बत्तिसपुतली पुगेका थिए । ध्रुव मापसे गरेर हिँडेको र एक्लै देखेपछि लुट्ने नियतले उनले रातोपुलमा लगेर हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ७ : ४९ बजे