
काठमाडौं, २७ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा परेका छन् । घुस बार्गेनिङ गरेको पाइएपछि महाप्रबन्धक प्रेम ठाकुरलाई निलम्बन गरिएको हो ।
पर्यटन मन्त्रालयका अनुसार थाई स्माइलको ग्राउन्ड ह्यान्डलिङलाई कायमै राख्न घुस मागेको प्रमाण भेटिएपछि संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले ठाकुरलाई निलम्बित गरेको हो ।
यस विषयमा थप अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत पठाइने मन्त्रालयले जनाएको छ । ठाकुर पछिल्लो दुई वर्षयता विमानस्थलको प्रमुख पदमा कार्यरत थिए ।








प्रतिक्रिया