
काठमाडौं, २७ माघ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रदेश प्रमुखको कार्यालयमा शु्करबार दिउँसो आयोजना गरिएको विशेष समारोहमा शाहले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
नेपाली कांग्रेसका शाह संविधानको धारा १६८ को उपधारा (३) अनुसार ठूलो दलको हैसियतमा बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका राजेन्द्रसिंह रावलले प्रदेश सभाबाट विश्वासको मत पाउन नसकेपछि पदमुक्त भएका थिए ।








प्रतिक्रिया