२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फिचर


एसईई परिक्षामा धेरै नम्बर ल्याउन यसो गर्नुस्



फइल तस्विर

ललितपुर खबर
एसईईको परिक्षा नजिकै आयो अव कसरी पढ्ने होला ? अव कसरी पास हुने होला ? राम्रो अंक आउदैन होला ? अव के गर्ने होला ? यस्तै प्रश्नले तपाईलाई तनाव त दिएको छैन ? धेरै तनाव नलिनुस् । हामी तपाईलाईलाई केही उपाय दिन्छौं । तपाईले परिक्षा दिंदा होस पु¥याउनु भएको खण्डमा धेरै नम्बर ल्याउनु हुन्छ ।
परिक्षा भन्ने वित्तिकै धेरै विद्यार्थी आत्तिछन् । कस्ता प्रश्न आउलान् ? कसरी लेख्ने होला ? धेरै विद्यार्थी यस्ता प्रश्नले पिरोल्ल्रिहेका हुन्छन् ।
पहिलो कुरा परिक्षा भन्ने वित्तिकै आत्तिने होइन । आत्तिदा र तनाव लिदा परिक्षा आफैं विथोलिन्छ । आफुलाई शान्त राख्नुस् । अनि लेख्नुस् ।
कसरी दिने परिक्षा ?
शान्त भएर कक्षा कोठामा प्रवेश गर्नुस् । तनाव नलिनुस् । हातमा प्रश्नपत्र परेपछि नआत्तिकन सरर एक पल्ट पढ्नुस् । पहिले राम्रोसँग लेख्न सक्ने प्रश्नको नम्बर र प्रश्न लेखेर उत्तर लेख्नुन् । अनि अरु राम्रोसँग लेख्न सक्ने अरु प्रश्नहरुको उत्तर लेखेर सिध्याउनुस् ।
लगभग डेढ घण्टासम्म तपाईले राम्रोसँग उत्तर लेखेर समय विताउनु हुनेछ । अव थोरै उत्तर दिन सक्ने प्रश्वको पालो । तपाईले थोरै उत्तर दिने प्रश्नहरुको उत्तर लेखेर सक्नुस् ।
उत्तर लेख्न कठीन प्रश्नहरुको उत्तर अन्तिम समयमा मात्रै लेख्नुस् । आएन भनेर तुरुन्त कपि बुझाएर नजानुस् । नआए पनि सोचर,अनुमान गरेर वा सम्बन्धित विषयमा केही आफूलाई आएको गफ लेखेर पनि उत्तर दिन सकिन्छ । परिक्षाको अन्तिम समय भएकाले तपाईले कनिकुथी उत्तर लेखेर केही नम्बर थप्न सक्नु हुन्छ । जसबाट परिक्षामा थप नम्बर आर्जन गर्न सकिन्छ ।
परिक्षा दिदा सुरुमै नआउने प्रश्नमा अल्झेर समय बर्वाद गर्दा पछि समय अवधि सकिएर आउने उत्तर लेख्न भ्याइदैन । अनि पास हुने विद्यार्थी पनि फेल हुन्छन् । राम्रो नम्बर ल्याउन सक्ने विद्यार्थी पनि कमजोर हुन्छन् । धेरै जान्ने विद्यार्थी दोश्रो हुन्छन् । पहिलो हुन सक्दैनन् ।
परिक्षा विग्रियो भनेर तनाव लिदा पनि अर्को परिक्षामा असर पर्छ । जे भयो भै गयो अव राम्रो गर्छु भनेर परिक्षा दिनु राम्रो हुन्छ । परिक्षामा रातभर पढ्नु हुदैन । परिक्षामा सरसर्ती पढ्ने हो । धेरै त परिक्षाभन्दा अघि नै पढ्नु पर्छ ।

 

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  ८ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।