७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पाठक-पत्र


ललितपुरमा बलत्कारका सजाय काटिरहेका शिक्षकको तलव प्रधानाध्यापकले ल्याएपछि अख्तियारमा उजुरी



ललितपुर
७ फागुन । दक्षिण ललितपुरको एक विद्यालयका प्रधानाध्यापकले जेल सजाय काटिरहेका शिक्षकको तलव ३ बर्षदेखि बुझेपछि स्थानीयले अख्तियार अनुसन्धान आयोगमा उजुरी दिएका छन् ।
ललितपुरको बागमती गाउँपालिका ७ गिम्दीको श्री जनक माध्यमिक विद्यालयका प्रधानाध्यापक गोकर्णबहादुर फुयालले राहत प्रावि शिक्षक रवि केप्छाकी मगर ३ वर्षअघि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परी ललितपुर जिल्ला अदालतले दोषी ठहर गरी जेल चलान भए पनि नियमित तलव विद्यालयमा ल्याएपछि विवाद भएको हो ।
कानून अनुसार उजुरी परेपछि अस्थायी र राहतलगायतका कर्मचारीको तलव रोक्का हुन्छ । तर स्थायीले भने आधा तलव पाउछन् । कानूनी व्यवस्था विपरित गाँउपालिका र विद्यालयका शिक्षक फुयाँल मिलेर गैरकानूनी रुपमा बलत्कार सजायमा जेल काटिरहेको व्यक्तिकोे तलव लिएको भन्दै स्थानीयले विवाद गरेका छन् ।
ती शिक्षकको प्रधानाध्यापक फुयालले तलव नियमित ल्याएको खुलेपछि स्थानीय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् । अख्तियारमा उजुरी परेपछि विद्यालय व्यवस्थापन समितीको बैठक बोलाएर तलव फिर्ता प्रकृया सुरु गर्ने निर्णय गरेका छन् । तर वडाध्यक्ष होम प्रसाद बजगाईले प्रधानाध्यापकले गरेको गलत कामको आफू साक्षी नबस्ने भन्दै निर्णयमा हस्ताक्षर गर्न अस्वीकार गरेका छन् ।
करिव ३ बर्षअघि नै अभियोगपछि महानगरिय प्रहरी बृत्त चापागाँउले मगरलाई पक्राउ गरि लगेको थियो । अभियोगको निवेदन परेसँगै प्रहरी कार्यालयले उनको तलव रोक्न पत्र काटेको थियो । तर

बलत्कार उजरी गरेपछि पनि मगरको नाममा तलव लिएको भन्दै स्थानीयहरु आक्रोसित छन् । प्रधानाध्यापकले शिक्षक जेल परेको पालिकाको शिक्षा शाखामा जानकारी दिनु पर्नेमा त्यसो नगरेको उनीहरुको भनाई छ । फुयालले तलबको माग फाराम भरेर तलब वागमती गाँउपालिकामा सरकारले पठाएको र वागमती गाँउपालिकाले पनि तलब पठाईरहेको पाईएको छ ।
विद्यालयका प्रधानाध्यापक फुयालले भर्खरै जेल परेको थाहा पाएकाले तलव फिर्ता प्रकृया सुरु गरेको ललितपुर खबरलाई बताए । यद्यपी करिव ३ हप्ता अघि नै उनी विरुद्ध अख्तियारमा उजुरी परेको थियो । उनी विरुद्ध उजुरी परेपछि मात्रै पैसा फिर्ता गर्ने निर्णय गरि गत शुक्रबार गाँउपालिकामा निवेदन दर्ता गराइएको छ ।
महिनाको करिव २८ हजार तलवले हुन आउने करिव ७ लाख रुपैयाँ आफूले ल्याएको फुयालले ललितपुर खबरसँग फोन संवादमा स्वीकार गरेका छन् उनले अभियोग सफाई पाएर आउने आशमा पैसा लिएको बताए ।
फुयाल नेपाली काङ्ग्रेस निकट नेपाल शिक्षक संघ बाग्मती गाउँपालिकाका अध्यक्ष समेत हुन् । गाँउपालिकासँग मिलोमतो गरेर अनियमिताको आशंकामा गएको कार्तिकदेखि पालिकाको शिक्षा शाखाले उनको नाममा रहेको तलबी रकम नपठाएको एक कर्मचारीले बताए ।

 

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  १ : २८ बजे