२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई सघाउने दलहरूको सहमति



काठमाडौं, १२ फागुन । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दलहरूको बैठकले कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा सघाउने निर्णय गरेको छ। प्रधानमन्त्रीले राष्ट्रपतिको उम्मेदवारमा कांग्रेसलाई प्रस्ताव गरेको र सबैले समर्थन गर्ने निर्णय गरिएको एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले बताए।
बैठकमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, जनमत पार्टी, लोसपा, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चा सहभागी थिए। कांग्रेसबाट यतिबेला दुई जनालाई उम्मेदवारको रुपमा चर्च गरिएको छ, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला। यद्यपि, चार दलहरू कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको शुक्रबार बिहान बसेको बैठकले पौडेललाई उम्मेदवार बनाउने्बारे अनौपचारिक सहमति गरेको बताइएको छ।
प्रधानमन्त्रीले बोलाएको शुक्रबारको बैठक राष्ट्रपतिको निर्वाचनका विषयमा छलफल गर्ने एक मात्रै अजेन्डा रहेको ज्वालाको भनाइ छ। अन्य विषयमा पछि टुंगो लाग्ने उनले बताए। राष्ट्रपतिको निर्वाचन यही फागुन २५ मा हुँदैछ। त्यसका लागि शनिबार उम्मेदवारी दर्ता हुँदैछ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  २ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।