११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


बञ्चरेडाँडा सडक मर्मत, बर्षालाई सझिलो




काठमाडौं
विगतका वर्षमा झैँ समस्या नहोस् भनेर यस वर्ष काठमाडौं महानगरले सिसडोलदेखि बञ्चरेडाँडासम्मको करिब दुई किलोमिटर सडक गर्ने भएको छ । महानगरले सडक मर्मतका लागि प्रक्रिया अघि बढाइसकेको काठमाडौँ महानगरपालिको वातावरण विभाग प्रमुख रवीनमान श्रेष्ठले जानकारी दिएका छन् ।
उनका अनुसार उक्त सडक मर्मतका लागि यही फागुन १० गते ठेक्का आह्वान गरिएको छ । महानगरले सूचना जारी गर्दै करबाहेक रु एक करोड ७४ लाख ७५ हजार अनुमानित बजेटको ठेक्का आह्वान गरेको हो ।
विगतका वर्षमा झैँ यस वर्ष वर्षाको समयमा उपत्यकाको फोहर व्यवस्थापनमा समस्या नहुने गरी काम अघि बढाइएको छ ।
हरेक वर्ष बर्सात सुरु भएसँगै काठमाडौँ उपत्यकाको फोहर महिनौँ सडकमा नै थुप्रिँदा समस्या हुने गरेको थियो ।
प्रमुख श्रेष्ठले भने, “हरेक वर्ष विगतमा उपत्यकाको फोहर विसर्जन गरिएको स्थान सिसडोलदेखि हाल फोहरको अन्तिम व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म वर्षाको समयमा फोहर बोकेर जाने गाडीलाई बाटोकै कारण समस्या हुने गरेको भन्दै मर्मतको कामका लागि अहिले नै ठेक्का खोलिएको हो ।”
वर्षा सुरु हुनुपूर्व नै उक्त सडक मर्मतको काम सकिने पनि विभागले जनाएको छ । विगत १६ वर्षदेखि उपत्यकाको फोहर व्यवस्थापन गरिएको स्थान सिसडोलमा अहिले पनि फोहरको पहाड छ । उक्त पहाड पार गरी फोहरको गाडी बञ्चरेडाँडा जानुपर्ने बाध्यता छ । नियमित पानी पर्न थाले पनि सिसडोलको फोहर कुहिने गर्छ, वर्षाको समयमा विशेषगरी सिसडोलको फोहरमाथि बनेको सडकमा गाडी फस्ने गर्छन् ।
पानी पर्नेवित्तिकै उक्त फोहरमाथि बनेको सडकमा पहिरो आउने, सडकको छेउबाट पहिरो जाने, गाडी फसेर समस्या हुने गरेकाले त्यसको बेलैमा समाधान गरी आगामी दिनमा पानी पर्दा पनि नियमितरूपमा फोहर व्यवस्थापन गर्न सहज होस भनेर अहिले नै प्रक्रिया अघि बढाइएको महानगरको भनाइ छ ।
विगत सात महिनादेखि काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर अन्तिम विसर्जन स्थल बञ्चरेडाँडामा लाने गरिएको छ । सुरुमा स्रोतमा नै फोहरको वर्गीकरण गरेर मात्रै नकुहिने फोहर बञ्चरेडाँडा लाने र अन्य कुहिने फोहरलाई उपत्यकामा नै व्यवस्थापन गर्ने भने पनि अहिलेसम्म सबै फोहर विनावर्गीकरण उक्त स्थानमा लाने गरिएको छ । जसका कारण उक्त स्थानमा लामो समयसम्म फोहर राख्न सकिने विषयमा भने शङ्का उब्जिएको छ । छोटो समयमा नै धेरै फोहर व्यवस्थापन गर्नुपर्दा बञ्चरेडाँडामा लिचड व्यवस्थापनमा पनि समस्या भएको कामपाले नै स्वीकार गरेको छ । सो स्थानमा दैनिक एक हजार दुई सय मेट्रिकटन फोहर व्यवस्थापन हुँदै आएको छ ।

 

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  २ : ५० बजे