२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


जन्ती बस दुर्घटना एकको मृत्यु, ४० घाइते




पर्साको पोखरियाबाट जन्ती बोकेर हिँडेको बस भारतको लौरियामा अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन् ।
भारत विहारको बेतिया जिल्ला साठी थाना परसोना गाउँबाट बिहे गरी फर्किंदै गरेको ना५ख ११९८ नम्बरको बस आज बिहान अनियन्त्रित भई पल्टिँदा बसमा सवार पोखरिया नगरपालिका–२ झाख्रा टोल निवासी १८ वर्षीय ओमप्रकाश साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही दुर्घटनामा परी करिब ४० जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । मृतको शव घर ल्याइएको र केही घाइतेको बेतिया अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ३ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।