२२ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


गौशाला धर्मशालामा बनाइएका अवैध सटर हटाउन २४ घण्टे अल्टिमेटम



काठमाडौं, १८ फागुन । काठमाडौं महानगरपालिकाले गौशालाको धर्मशालामा बनाइएका अवैध संरचना हटाउन २४ घण्टे अल्टिमेटम दिएको छ।
बिहीबार काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले मारवाडी सेवा समाजले बनाएको उक्त धर्मशालामा पुगेरै अवैध रुपमा बनाइएका सटर हटाउन निर्देशन दिएका हुन्।

मारवाडी सेवा समाजले केही वर्षअघि पशुपति क्षेत्र विकास कोषसँग नन्दी पालनका लागि एक रोपनी जग्गा भाडामा लिएको थियो। त्यसबेला वार्षिक ५१ हजार रुपैयाँ भाडा तिर्नेगरी उक्त सम्झौता भएको थियो।
तर कोषले १० रोपनीभन्दा धेरै जग्गा भोगचलन गरी अवैध सटर निर्माण गरी भाडामा लगाएको थियो। महानगरले मारवाडी समाजले अवैध रुपमा बनाएका २०–२५ वटा सटर भत्काउन २४ घण्टे अल्टिमेटम दिएको हो।

यता उक्त सटहरुबाट समाजले भाडा उठाउँदै आए पनि कोषलाई भने एक रोपनीमा भएको सम्झौता अनुसारको रकम मात्र दिने गरेको पाइएको छ। त्यसरी बनाएका सटर र पसलहरुसमेत दर्तामा छैनन्।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहिबार  ३ : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।