५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र छड्के र छक्का पञ्जा ४ आजबाट चलचित्र हलमा भिडन्त, दिपक र अनमोलले दिए शुभकामना



काठमाडौं
१९ फागुन । आजबाट देशभरका हलहरुमा दुई चलचित्रहरु छड्के र छक्का पञ्जा प्रर्दशन हुँदैछन् । बर्षभरि नै चर्चामा रहेको र राम्रो व्यापार गर्ने यी आशा गरिएको दुई चलचित्रहरु एकै दिन हलमा लागेपछि दर्शकहरुले साडे जुधाईको प्रतिकृया दिएका छन् ।
एकै दिन चलचित्र हलमा लाग्ने भएपछि छक्का पञ्जा ५ का नायक तथा निर्माता दिपकराज गिरीले छड्केलाई शुभकामना दिदै जुध्नलाई आफ्नो चलचित्र साडे नभएको सामाजिक सञ्जालमार्फत प्रतिकृया दिएका छन् ।
नायक गिरीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्यारो अनमोल भतिज लगायत सम्पूर्ण छड्के टिमलाइ शुभकामना! जय नेपाली चलचित्र !!’
उता नायक अनमोल केसीले पनि सामाजिक सञ्जालबाटै जवाफ फर्काएका छन् । उनले एउटै मितीमा दुई चलचित्र भिड्ने भएपछि ‘अब हाम्रो हातमा केहि छैन हजूरहरू कै हातमा छ ’ भन्दै फेसबुकमा लेखेका छन् ।
नयाँ पुस्ताका चर्चित हिरो अनमोल केसी र छक्का पञ्जा सेरिज सफल बनाएर नेपाली चलचित्र क्षेत्रमा तरंग पैदा गरेका टेलिचलचित्रका नायकको छवि बनाउदै ठूलो पर्दामा आएका दिपकराज गिरीबीचको यो प्रतिश्पर्धा चलचित्र जगतमा चासोका साथ हेरिएको छ ।
चलचित्र विकाश बोर्डका अध्यक्ष समेत रहेका नायक भुवन केसीका छोरा अनमोल केसी अभिनिय यस चलचित्रलाई छक्का पञ्जा ४ सँग जुधाएर आफू अव्वल रहेको सावित गर्न खोजेको धेरैको प्रतिकृया छ ।
नयाँ पुस्तालाई नयाँ स्वाद दिएर चलचित्र निर्माण गरिरहेका नायक गिरी पनि आफूलाई परिक्षण गर्न छड्केसँग जुधाएर चलचित्र हलमा चलाउने जोखिम मोलिरहेका छन् । उनी हामी कम छैनौं भन्ने सन्देश दिइरहेका छन् ।

 

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  १ : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।