५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


राजधानीमा खुल्यो नयाँ चलचित्र हल सिके सिनेमाज्



काठमाडौं
१९ फागुन । राजधानीको सितापाइलास्थित अनुपम् मलमा सिके सिनेमाज् आजदेखि सञ्चालनमा आएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले एक कार्यक्रमका बीच सो हलको शुभारम्भ गरे । नरेन्द्र महर्जन सञ्चालक रहेको हलमा छविलाल तिमिल्सेना, किशोर खतिवडा र विवेक तिमिल्सेनाको लगानी रहेको छ ।
अध्यक्ष केसी भने, “सिनेमा हल कलाकार र दर्शकको लागि मन्दिर हो । शहरमा मात्र होइन, वर्तमान समयमा सिनेमा हलको माग गाउँसम्म विस्तार गर्न जरुरी छ । यसले चलचित्र क्षेत्रको विकासमा मद्दत पु¥याउँछ ।”
कार्यक्रममा प्रतिनिधिसभाका सांसद विराजभक्त श्रेष्ठले नागार्जुन क्षेत्रमा उद्घाटन गरिएको उक्त हल सबैको साझा सम्पति भएकाले यसलाई सभ्य ढङ्गले सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् ।
अत्याधुनिक सुविधासहित सञ्चालनमा आएको सिनेमा हलमा तीन सय ९१ सिट क्षमता रहेको छ । करिब १२ करोड लगानीमा निर्माण भएको सिनेमा अत्याधुनिक प्रविधिको प्रयोग गरिएको सञ्चालक नरेन्द्र महर्जनले जानकारी दिएका छन् । दुई पर्दा रहेको सिके सिनेमाज्मा आजदेखि नेपाली सिनेमा छड्के दुई र छक्का पञ्जा चार रिलिज भएका छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  २ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।