काठमाडौं
२० फागुन । काठमाडौंको बालाजु बाइपासमा आगलागी हुँदा झण्डै एक करोड बराबरको सरसामान जलेर नष्ट भएको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका १६ बाईपासस्थित गुल्मी मालिका गाउँपालिका ८ घर भएकी अनुषा पौडेलको ओम मालिका टेलरिङ सेन्टर एण्ड सुज सेन्टरमा विद्युतको तार सर्ट भई बिहीबार राति आगलागी हुँदा करिब १ करोड रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
स्थानीय दमकल र सुरक्षाकमीृहरुको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।
२० फाल्गुन २०७९, शनिबार
16
Shares
प्रतिक्रिया