२८ माघ २०८२, मंगलबार | Tue Feb 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


माओवादी धारका नेताहरु सिंहदरवारमा



ललितखबर
२३ फागुन । माओवादी धारसम्बद्ध नेताहरु सिंहदरवार पुगेर नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालसँग बैठकमा सहभागी भएका छन् ।
बैठकमा नेताहरु बाबुराम भट्राई,धर्मेन्द्र बास्तोला,सिपि मैनालीलगायत सहभागी छन् ।
राष्ट्रपति उपराष्ट्रपतिको निर्वाचनपछि संसदमा विश्वासको मत लिन तयारीमा रहेका प्रधानमन्त्री प्रचण्ड सत्ता गठबन्धन अझैं धरापमा पर्ने देखेपछि पुराना माओवादी बटुल्दै छलफलमा बसेका हुन् ।
पछिल्लो समय सर्वोच्च अदालतमा प्रचण्ड आफैले केही बर्षअघि जनयुद्धमा ५ हजार मारेको जिम्मा आफुले लिने अभिव्यक्तिको आधारमा मुद्दा परेपछि उनी सशंकित छन् ।
लामो समयदेखि शान्ति सम्झौताका प्रकृया पुरा भएका छैनन् । कतिपय द्वन्द्वकालीन मुद्दाहरु अदालतमा विचाराधिन छन् ।
नेकपा एमालेसँगको सहमतीपछि प्रधानमन्त्रीमा प्रचण्ड प्रधानमन्त्री भए पनि नेपाली काँग्रेसले समेत समर्थन गर्दै विश्वासमो मत दिएपछि प्रधानमन्त्रीले सम्झौंता विपरित नेपाली काँग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाएपछि नेकपा एमाले सत्ताबाट बाहिरिएको छ ।
राष्ट्रपतिमा नेता सुवाचन्द्र नेम्वाङलाई अघि सारेको एमालेले आफूलाई धोका भए काँग्रेसलाई समर्थन गरेर सत्तामा लैजाने सम्भावना रहेको राजनीति बृत्तमा चर्चा छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलबार  ३ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।