९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चर्चित गायक राजेशपायल राईले विवाह गरेको पुष्टि



काठमाडौं
२४ फागुन । चर्चित गायक राजेशपायल राईले विवाह गरेको पुष्टि भएको छ ।
उनले प्रेमिका साङबुङ राईसँग औपचारिक रुपमा विवाह गरेको दस्तावेज सार्वजनिक भएसँगै विवाह गरेको पुष्टि भएको हो । गत मंसिर २६ गते काठमाडौं महानगरपालिका ३१ को वडा कार्यालयमा उनले विवाह दर्ता गरेका हुन् ।
उनीहरुले सामाजिक परम्पराअनुसार गत भदौ १ गते विवाह गरेको विवाह दर्तामा उल्लेख छ । ४७ बर्षिय गायक राईले आफूभन्दा २६ बर्ष कान्छी राईसँग विवाह गरेका हुन् ।
यी दुईजनाबाट एक सन्तानको पनि जन्म भएको छ । विवाहअघि उनीहरु लिभिङ टुगेदरमा बस्दै आएका थिए । गत दशैंको महाष्टमीमा उनीहरुलाई सन्तानलाई भएको टिकटकमार्फत खेलेको थियो ।

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  ४ : ०४ बजे