११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


साँखुमा टिपर दुर्घटनापछि पत्रकार श्रेष्ठ सहित २ जनाको मृत्यु



काठमाडौं
२५ फागुन । काठमाडौंको साँखुमा टिपरको टक्करपछि पत्रकार पवनलाल श्रेष्ठ सहित दुई जनाको मृत्यु भएको छ ।
प््रहरीका अनुसार मृत्यु हुनेमा शंखरापुर नगरपालिका घर भएका पत्रकार पवनलाल श्रेष्ठ र हरि खड्का रहेका छन् ।
श्रेष्ठ नेपाल प्रेस युनियन साँखुका अध्यक्ष एवम् साँखुबाट प्रकाशित हुने लावण्य सन्देश साप्ताहिक पत्रिकाका सम्पादक हुन् ।
बुधबार बेलुकी साँखुबाट जोरपाटीतर्फ आइरहेको बा ५ ख २२१४ नम्बरको टिपरले विपरीत दिशामा रहेको बा ९४ प ४४९८ र बा ८२ प ८३५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा पुनम श्रेष्ठ घाइते छिन् । उनलाई उपचारका लागि ग्रान्डी अस्पताल पठाइएको प्रहरीको भनाई छ ।

 

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहिबार  ३ : २६ बजे