३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


गायक राजेशपायलले गरे पत्रकारको आलोचना, प्रमाण ल्याए खुट्टामा शिर राख्ने



काठमाडौें
२५ फागुन । चर्चित गायक राजेश पायल राईको व्यक्तिगत विवरण र झुटा तथ्य संचारमाध्यमले प्रकाशन गरेको भन्दै आपत्ती जनाएका छन् । सामाजिक सञ्जालमा प्रतिकृया दिदै राईले प्रमाण पु¥याए पाउमा शिर राख्ने लेखेका छन् ।
उनले लेखेका छन्,‘गम्भिर आपती प्रमाण ल्याउनु भयो भने तपाईंको पाउमा मेरो शिर राखी दिन्छु ।’
एउटा स्टाटसकै भरमा गाली गलौजा गरेको, बिना प्रमाण मानहानी गरेको, तुच्छ भाषा प्रयोग गरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन् । ‘घटना भएको भए बच्चालाई अस्पताल लगेको होला ? नलेगेनी हिजो खन्याको तातो पानी त पक्कै पानी फोका ऊठ्यो होला? रातो दाग होला ? घाऊ होला ? प्रमाण ल्याउनुस् ।’ उनले भन्दै लखेका छन् ।
उनले आफ्नो नाम प्रयोग गरेर पत्रत्रकारको चुल्हो बल्छ भने आफू खुशी नै हुने उल्येख गरेका छन् । उनले आउँदा दिनमा आफूमाथि यस्तै कुनै षड्यन्त्र भयो भने आश्चार्य मान्नु पर्ने छैन भन्दै आक्रोस पोखेका छन् ।

 

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहिबार  ७ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।